neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनका ५४ दिनमा ५ सय भन्दा बढी महिला तथा बालिका हिंसाबाट पीडित : इन्सेक

लकडाउनका ५४ दिनमा ५ सय भन्दा बढी महिला तथा बालिका हिंसाबाट पीडित : इन्सेक

May 20th, 2020

काठमाडौ, जेठ ७

लकडाउनका ५४ दिनमा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएका अभिलेख गरिएको इन्सेकले जनाएको छ ।

इन्सेकले लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई जेठ ७ गते सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।
लकडाउनकोे यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । त्यसैगरी घरेलु हिंसाका घटनामा २ सय ३९ जना पीडित भएका इन्सेकले जनाएको छ । यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएका घटना घटेकाछन ।

‘यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए ।’–प्रतिवेदनमा भनिएको छ–‘लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’

aadharbhumi
aadharbhumi
aadharbhumi