विराटनगर, जेठ ५
प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।