neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • सैनिक पोशाकको दुरुपयोग रोक्न सेनाद्धारा बिभिन्न ठाउँमा चेकजाँच

सैनिक पोशाकको दुरुपयोग रोक्न सेनाद्धारा बिभिन्न ठाउँमा चेकजाँच

May 18th, 2020

काठमाडौ, जेठ ५

सैनिक व्यक्तिहरुको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरेको छ ।

सेनाले यही जेठ चार गते आईतबार उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरेको जनाएको छ । सोहि चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाका तर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएको र अनुसन्धानको सिलसिलामा निज व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहंदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको सेनाले जनाएको छ ।