neapl investment mega bank
  • गृहपृष्ठ
  • आइसोलेशनमा रहेका सुत्केरी र जुम्ल्याहा घर फिर्ता

आइसोलेशनमा रहेका सुत्केरी र जुम्ल्याहा घर फिर्ता

May 17th, 2020

दाङ, ४ जेठ (रासस)

तुलसी बाल अस्पताल तुलसीपुरको आइसोलेशनमा रहनुभएका तुलसीपुर उपमहानगरपालिका –१३ की ३५ वर्षीया सुत्केरी अनिता यादव र जुम्ल्याहा शिशुलाई आज अस्पतालले डिस्चार्ज गरेको छ । आठ दिनदेखि अस्पतालको नवजात शिशु अतिसघन कक्ष (एनआइसियु) मा उपचार भइरहेका जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा किशोर खत्रीले जानकारी दिनु भयो ।

गत शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यादवले कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको थियो । घर पठाउने क्रममा अस्पतालका व्यवस्थापक प्रमुख कमला बस्नेतले पौष्टिक आहार खुवाउनका लागि सुत्केरीलाई नगद र कपडा प्रदान गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi