neapl investment mega bank
  • गृहपृष्ठ
  • सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

May 17th, 2020

काठमाडौ, जेठ ४

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि क्रमशः बढ्दै गएको सन्दर्भमा अग्र भागमा रहेर समाचार संकलन गर्नुपर्ने सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अहिलेसम्म ४ जना सञ्चारकर्मी कोभिड १९ को संक्रमणमा परेको दुखद् यथार्थ हाम्रो सामु छ । चारै जना पत्रकारहरु अहिले स्वास्थ्य उपचार गराइरहनु भएको छ । साथै, कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको छ । अहिलेसम्म ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने अन्य पत्रकारहरुको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको छ, महासंघले बिज्ञप्ती मार्फत भनेको छ ।

महासंघ आमसञ्चारकर्मीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न पुनः अपिल गरेको छ । अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न महासंघ सबै सञ्चारकर्मीमा आग्रह गरेको छ ।

पछिल्लो समय प्रेस लेखिएका सवारी साधन र प्रेस ज्याकेट लगाएर भीडभाड गर्ने, अनावश्यक हिँडडुल गर्ने र प्रेसको दुरुपयोग भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस लेखेका सवारी साधन र ज्याकेट सञ्चारकर्म बाहेक अन्य प्रयोजनका लागि प्रयोग नगर्न महासंघ सम्बन्धित सबैमा आग्रह गरेको छ ।

लकडाउन पछि प्रकाशन तथा प्रसारण बन्द भएका सञ्चार माध्यम सम्बद्ध सञ्चारकर्मीहरुलाई प्रेसको प्रयोग गरेर हिँडडुल नगर्न महासंघ आग्रह गरेको छ । यूटुव र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्यादा भित्र रहेर गतिविधि गरी आमसञ्चारकर्मीहरुको काममा सहयोग पु¥याउन महासंघले आग्रह गरेको छ । महासंघले प्रेसको दुरुपयोग सम्बन्धी अनुगमन गरिरहेको र यस्तो दुरुपयोग रोक्न सम्बन्धित निकायले समेत अग्रसरता लिन महासंघले आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi