neapl investment mega bank
  • गृहपृष्ठ
  • सेलपे सेवाबाट कोरोना भाईरस विरुद्धबीमा गर्न सकिने

सेलपे सेवाबाट कोरोना भाईरस विरुद्धबीमा गर्न सकिने

May 17th, 2020

काठमाडौ, जेठ ४

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस (कोविड १९) विरुद्धको बिमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत सरल र सहजरुपमा वास्तविक समयमा खरिद गर्न सक्नेछन ।

हाल विश्वभरी कोरोना भाईरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बिमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स कम्पनीसंगको सहकार्यमा कोरोना भाईरसविरुद्ध बिमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरेको छ, जसको मुख्य उद्देश्य कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको छ । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन ।

सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड-१९ आइकनमा क्लिक गरीसजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन । यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ र १५ दिनको प्रतिक्षा अवधि सकिएपछि कोही व्यक्तिमा कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्नेछन । यस बिमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी गर्नु भएको १२ महिना सम्म कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सक्नेछन । ग्राहकहरुले रु१ लाख सम्मको कोरोना भाईरस बिरुद्ध बिमा गराउन सक्नेछन । आजै कोरोना भाईरस विरुद्ध बीमा गराई कोरोना भाईरसले निम्त्याउन सक्ने आर्थिक क्षतिको लागि तयार रहनु होस् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने , सरल एवं सुरक्षित, लोयाल्टी पोइन्टस पाईने आदि रहेकाछन ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी,स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुुपी, पिटुुबी, बिटुुपी र बिटुुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।