neapl investment mega bank
  • गृहपृष्ठ
  • पिपिई लगाई चेकजाँच गर्दै ट्राफिक प्रहरी

पिपिई लगाई चेकजाँच गर्दै ट्राफिक प्रहरी

May 15th, 2020

काठमाडौ, जेठ २

सरकारले जारी गरेको ‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर ट्राफिक प्रहरीअहोरात्र खटिँदै आएको छ । ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यबस्थित र कडाई गर्नका लागी चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसंग सबैभन्दा पहिले ‘फेस’ गर्नु पदर्छ जसले गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी रहेको छ ।

दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणका लागि महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पिपिई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाईजर) र पञ्जा लगाई डिउटी गर्ने व्यबस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएकाछन् ।
एसएसपी ढकालले,”ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमा खट्टिनुपर्ने भएकाले माहामारीकोरुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पुर्ब साबधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो । पर्याप्त मात्रामा पिपिई नभएकाले पिपिई नभएका त्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तिमा २ मि.को सामाजिक दुरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था मिलाएको बताए ।

महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजर सँगै मास्क, पञ्जा, सावुन आबश्कता अनुसार बितरण गरिरहेको र यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने साबधानी लगायतका बिषयहरुमा नियमित रुपमा ब्रिफिङ समेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । प्रबक्ता श्रेष्ठले लकडाउनलाई कडाईका साथ पालना गराउन खटिने सम्पुर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दुरी कायम राखी चेकजाँच र सवारी व्यबस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एव सचेत गराइरहेको बताए ।