काठमाडौं, ०२ जेठ
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषहरु रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन्
यससँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३५ जना घर फर्किसकेका छन् । ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।