neapl investment mega bank

चोरी गरी फरार रहेका व्यक्ति पक्राउ

May 14th, 2020

काठमाडौं, १ जेठ

चोरी कार्यमा संलग्न रही फरार रहेका दोलखा शैलुङश्वरी गाउँपालिका-१ घर भई हाल कोटेश्वर बस्ने २७ वर्षीय छिरिङ भन्ने २७ वर्षीय रबिन तामाङलाई चोरी गरेको धनमाल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख १७ गते साँझ चन्द्रागिरी नगरपालिका-१५ रावत टोल बस्ने राजेश मानन्धरको घरमा प्रवेश गरी सुन तथा चाँदीको गरगहना र सिजी कम्पनीको ३२ ईन्चको टिभी लगायतका सामान गरी करिब १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल चोरी गरी फरार रहेका मानिसको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उक्त सामान सहित उनलाई पक्राउ गरेको हो । उनीबाट सिजी कम्पनीको ३२ ईन्चको टिभी १ थान, बुद्धको मूर्ति २ थान, ल्इऋ लेखिएको मोनिटर १ थान र नगद ३ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

साथै प्रारम्भिक सोधपुछको क्रममा निज रबिन तामाङ २०६८ सालमा महानगरीय प्रहरी बृत्त किर्तिपुरबाट चोरी मुद्धामा आवश्यक अनुसन्धान भई जिल्ला कारागार ईलाममा ४ वर्ष बसि जेल छुट भएको खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi