neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

May 14th, 2020

काठमाडौँ, १ जेठ (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो । प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठक दिनको १ः३० बजे बोलाइएको छ ।