neapl investment mega bank
  • गृहपृष्ठ
  • रातको समयमा मन्दिर फुटाउँदै चोरी गर्ने तथा चोरी कार्यमा फरार ब्यक्ती पक्राउ

रातको समयमा मन्दिर फुटाउँदै चोरी गर्ने तथा चोरी कार्यमा फरार ब्यक्ती पक्राउ

May 14th, 2020

काठमाडौ, जेठ १

रातको समयमा मन्दिर फुटाउँदै चोरी गर्ने तथा चोरी कार्यमा संलग्न व्यक्तिहरु पक्राय परेकाछन । महानगरिय अपराध महाशाखा टेकुुका अनुसार चोरी कार्यमा संलग्न व्यक्तिहरु सिन्धुली साङवाले गाउपालिका घर भई हाल काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने १९ बर्षिय सुजन तामाङ र भोजपुर जिल्ला घर भई हाल काठमाडौको बुुढानिलकण्ठ वडा नम्बर १० बस्ने २० बर्षिय पृथ्वी बिक पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार उनीहरुको साथबाट चोरीमा प्रयोग गर्ने रड थान १, पेचकस थान १, भालेश्वर को मुर्ती र मोवाईल थान १ बरामद भएको छ । बिश्वब्यापी महामारी कोरोना भाईरस कोबिड १९ मा भएको लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरीका घटनाहरु घट्दै गएकोमा त्यस्ता चोरीका घटनालाई न्युनिकरण गर्नाको लागी महाशाखा तथा महानगरिय प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले यही बैशाख ३१ गते राती एक बजेको समयमा का.जि. गोकर्णेश्वर न.पा. वडा न ८ गणेश नगर स्थित आनन्द गणेश मन्दिरको मुल ढोका फोडी प्रवेश गरि मन्दिर भित्र रहेको दान बाकस भित्र रहेको नगद १० हजार तथा मन्दिर परिसर भित्र रहेको भालेश्वर महादेवको ढलोटको मुर्ति तथा नगद तीन हजार समेत गरि अन्दाजी जम्मा १७ हजार बराबरको धनमाल चोरी गर्दा गर्दै पक्राउ परेको हुँदा सो सम्बन्धमा हाल महानगरिय प्रहरी बृत्त बौद्ध बाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi