neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा श्रममा आधारित रोजगार कार्यक्रम शुरु

महालक्ष्मी नगरपालिकामा श्रममा आधारित रोजगार कार्यक्रम शुरु

May 14th, 2020

ललितपुर, १ जेठ ९रासस)

महालक्ष्मी नगरपालिकाले विगत चार दिन अघिदेखि श्रममा आधारित रोजगार कार्यक्रम शुरु गरेको छ । दैनिक ज्यालादारी नगरी खान नपाउने नगरक्षेत्रका जनताका हितमा नगरपालिकाले सो कार्यक्रम अघि बढाएको हो ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण मुलुक बन्दाबन्दीमा रहेको अवस्थामा दैैनिक श्रमबिना घरको चुलो बाल्न नसक्ने जनताका लागि सार्वजनिक विकास निर्माणका कार्यक्रम अघि बढाएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले वडा नं ८ लुभूबाट सामाजिक दूरी कायम गरी विगत चार दिनअघिदेखि जधः कुलो मर्मत, लुभू प्राथमिक स्वास्थ्य केन्द्र र वडा कार्यालय परिसर सरसफाइका साथै चसिडोल ठाडो बाटोको कुलो सरसफाइ कार्य गराइरहेका छौँ ।” महालक्ष्मीले एक चरणमा राहत वितरणको काम सम्पन्न गरिसकेको छ । अब पुनः दोस्रोपटक राहत वितरण गर्नुभन्दा काममा जनतालाई लगाएर परिश्रमी र मेहनती बनाउनु नरपालिकाको उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो ।

बन्दाबन्दीमा अन्य क्षेत्रका मानिसलाई नगरपालिका प्रवेश गर्न दिइएको छैन । नगरपालिकाका बाँकी वडामा पनि ‘श्रम बैंक’ नामक यस कार्यक्रममा आबद्ध हुन इच्छुक जनताले धमाधम फाराम भर्ने काम सङ्ख्यात्मकरुपमा बढिरहेको उपप्रमुख निर्मला थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं ८ ले यी काम अघि बढाइरहेको अवस्थामा अन्य वडाको ठाउँ र प्राकृति हेरी काम लगाउने तयारी भइरहेको छ । नगरपालिकाका १० वटै वडाले यी जनताको वास्तविक समस्या बुझी काम लगाएवापत राहत प्रदान गर्नेछन् ।” यदि यी जनतामा औषधिलगायत अन्य वस्तु खरिद गर्नुपर्ने समस्या देखिएमा नगरपालिकाले पारिश्रमिकस्वरुप नगद पनि प्रदान गर्ने थापाले जानकारी दिनुभयो ।

महालक्ष्मीले हाल काममा खटाएका यी गरिब तथा विपन्न वर्गलाई मास्कका साथै साबुनपानीको समेत व्यवस्था गरिदिएको छ । नगरपालिकाका हरेक वडामा रहेका अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक, उमेर ढल्किएका एकल महिला र सहाराविहीन बालबालिकालाई नगरपालिकाले कामबिना राहत प्रदान गरिरहेको बताइएको छ । महालक्ष्मीले बन्दाबन्दीमा आफ्ना क्षेत्रका आर्थिक र सामाजिक अवस्था कमजोर हुने जनतालाई दैनिक खर्च व्यवस्थापनमा मर्का नपरोस् भनी यो काम अघि बढाउन सफल भएको देखिन्छ ।

ललितपुरका एक महानगरपालिका, तीन गाउँपालिका र गोदावरी नगरपालिकाले विदेशबाट फर्किएका नगरवासीको ¥यापिड परीक्षण गर्दा यिनीहरुको तुलनामा महालक्ष्मीले स्वास्थ्य नै ‘मानिसको सबैभन्दा ठूलो धन हो’ भन्ने कुरालाई आत्मसात् गरी दुई पटकसम्म विदेशबाट फर्किएका नगरवासीको ‘स्वाब सङ्कलन’ गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएर भरपर्दो काम गरेको छ । महालक्ष्मीले एक लाख मास्क वितरण गर्ने योजनाअनुरुप हालसम्म लगभग ९५ हजार मास्क तयार गरी वितरण गरिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi