काठमाडौं, ०१ जेठ
नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा नवलपरासी देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सङ्क्रमित पुरूष स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २ सय ४६ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३५ जना घर फर्किसकेका छन् । ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।