neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघद्धारा रेडियो जनकपुरका कर्मचारीलाई दिएको धम्कीप्रति ध्यानाकर्षण

महासंघद्धारा रेडियो जनकपुरका कर्मचारीलाई दिएको धम्कीप्रति ध्यानाकर्षण

May 14th, 2020

काठमाडौं, जेठ १

नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थित रेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ, महासंघ धनुषा शाखाका अनुसार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशालामा भएको लापरवाही र अनियमिततासम्बन्धी रेडियो जनकपुरमा कार्यक्रम प्रसारण भएपछि सोही विषयलाई लिएर वैशाख ३१ गते अस्पतालका कर्मचारी जुगल यादवसहितका ३ जनाको समुहले रेडियोको कार्यालयमै पुगेर सञ्चालक साहलाई भौतिक कारबाहीको धम्की दिएका थिए ।

प्रसारित समाचार सामग्रीप्रति चित नबुझे त्यसको कानुनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ पत्रकार साहलाई दिइएको धम्कीको कडा भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi