neapl investment mega bank
  • गृहपृष्ठ
  • जिप र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

जिप र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

May 14th, 2020

दाङ, १ जेठ

घोराही उपमहानगरपालिका-१० गलौरा चोकमा रा.५ प ३६८८ नम्बरको मोटरसाइकल र ना.३ च ५९४५ नम्बरको जिप एक-आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही-१५ बस्ने ३० वर्षीय सनुत राहुमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय हक्कि पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi