neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ : मुख्यमन्त्री

कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ : मुख्यमन्त्री

May 14th, 2020

दाङ, १ जेठ(रासस)

मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताउनुभएको छ । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताउनुभयो ।

उहाँले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका लागि सरकार सजग रहेको बताउँदै समयमा यसको स्तरवृिद्ध गरिने आश्वासन दिनुभयो । मुख्यमन्त्रीले जिल्लाका सवै स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता बढाउन पनि निर्देशन दिनुभयो ।

अस्पतालका मेसु डा सर्वेश शर्माले प्रदान गरिँदै आएको सेवा प्रवाहलगायतबारे जानकारी दिनुभएको थियो । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी हाल ४० जना कार्यरत छन् । त्यहाँ एक सय शय्याको आइसोलेशन वार्ड र पाँच शय्या सघन कक्ष तयारी अवस्थामा राखिएको छ । अस्पतालको आइसोलेशन वार्डमा हाल १४ बिरामी छन् ।