neapl investment mega bank
  • गृहपृष्ठ
  • मुख्यमन्त्री पौडेलद्वारा चुरियामाई नाकामा कडाइ गर्न निर्देशन

मुख्यमन्त्री पौडेलद्वारा चुरियामाई नाकामा कडाइ गर्न निर्देशन

May 14th, 2020

हेटौँडा, १ जेठ (रासस)

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने प्रमुख नाका हेटौँडाको चुरियामार्इमा कडाइ गर्न निर्देशन दिनुभएको छ । चुरियामाई नाकाको बुधबार अनुगमन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट बच्न बाह्य आवागमन रोक्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका प्रदेश नं २ को बारा, पर्सा, रौतहटलगायत जिल्ला र भारतबाट समेत यस नाका हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने व्यक्तिलाई रोक्नुपर्ने उल्लेख गर्दै सङ्क्रमित क्षेत्रका व्यक्तिमार्फत कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा आवतजावतमा कडाइ गर्न निर्देशन दिनुभएको हो । पौडेलले कोरोनाको जोखिमबाट बच्नका लागि बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi