काठमाडौ बैशाख ३१
विभिन्न मोबाइल निर्माताहरु आफ्ना फाइभजी फोन सेवा योजनालाई ध्यानमा राखि नीतिगतरुपमै फोनका मोडलहरु निर्माण समेत गर्न थालिसकेका छन् । तिनमा तीन प्रकारका रेडियो सिग्नलको प्रयोग मार्फत फाइभजी उत्पादनमा सेवा उपलब्ध गराइन्छ । फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्स लो, मिड र हाई गरी तीन प्रकारका हुनेछन ।
तीनै प्रकारका ब्याण्डको सम्मिश्रण मार्फत विस्तृत सोव प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियर्सले अहिले लो ब्याण्ड, मिड ब्याण्ड र हाइ ब्याण्डको सम्मिश्रण उपलब्ध गराउँदै आइरहेका छन् । लो ब्याण्ड फाइभजीलेकम गति क्षमताका साथ धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन् । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गति क्षमताका साथ सेवा प्रदान गर्न सक्छ । मिड ब्याण्ड फाइभजीले मध्यम कभरेजका साथमा लो ब्याण्ड फाइभजीका तुलनामा अझ तिब्र गति प्रदान गर्ने क्षमता राख्छ । मिड ब्याण्ड टावर्सले केही माइल ¥याडियस भित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।हाई ब्याण्ड फाइभजी१ देखि ३ जीबीपीएस सम्मको गति लिन सक्ने क्षमताका हुन्छन् । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल ¥याडियस सम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन् ।लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औशत फोरजी नेटवर्कका तुलनमा तिब्र नै हुने कम्पनीले जनाएको छ ।
मिड ब्याण्ड फाएभजीभने हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगकता लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी कमरेज उपलब्ध गराउने प्रयास गर्न सक्छन् । यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्न सक्नेछन् ।हाई ब्याण्ड फाइभजीकोप्रयोग भने विशेषगरी अत्यधिक जनघनत्व भएका शहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशाला (स्टेडियम)हरुमा गर्न उपयुक्त हुन्छ । विभिन्न परिक्षणहरुमा उच्च ब्याण्ड गति ३जीबीपीएस सम्म पुगेका उदाहरणहरु रहेका छन् । यो भनेको औषत फोरजी कनेक्सनका तुलनमा करिव ८० गुना तिब्र हो । अझ भविष्यमा हुँदै जाने विकासले यो नम्बर अझ बढ्ने निश्चित छ ।
फाइभजीको असिमित अग्रगामी क्षमता र ओपो
ओपो फाइन्ड एक्सटू सिरिजको विकास अहिले तिब्र गतिमा विकसित हुँदै गरेको फाइभीलाई ध्यानमा राख्दै उपभोक्तालाई सटिक अनुभव प्रदान गर्ने सोचका साथ गरिएको छ । फाइन्ड एक्सटू र फाइन्ड एक्सटू प्रो मा फाइभजी सेवा समाहित गराइए संगै फाइन्ड सिरिजले असिमित नयाँ सम्भावनाका लागि मार्ग प्रशस्त गरिदिएको छ ।
उक्त कम्पनीले भरखरै सार्वजनिक गरेको ओपो फाइभजी सीपीई ओम्निले फाइजी सिग्नललाई वाईफाई सिक्स सिग्नलमा परिनत गर्नका लागि फाइभजी सिमकार्डको प्रयोग गर्छ । यसको माध्यमबाट हरेक किसिमका उपकरणमा स्थिर हाई स्पिड नेटवर्क प्रदान गर्न सकिन्छ । ओपो फाइभजी सीपीई ओम्नीमा फाइभजी सिग्नल प्राप्तिका लागि ८ ओटा ब्यूल्टईन एन्टेनाका साथमा ओ मोसन ३६० डिग्री फाइभजी एन्टेनापनि उपलब्ध गरिएको छ । फाइभजी कनेक्टिभिटीको नयाँ यूगमा घर तथा अफिस जहाँपनि प्रयोगका लागि यो उपयुक्त रहेको जानकारी कम्पनीले दिएको छ ।