neapl investment mega bank

सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन

May 12th, 2020

काठमाडौँ, ३० वैशाख (रासस)

सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिनुुभएको छ । उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिनुुभएको थियो । सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता भीष्मराज ओझाले सेन्टरबाट सञ्चारकर्मीहरुले सामाजिक दूरी कायम गरी समाचार सङ्कलन र सम्प्रेषणको काम भइरहेको जानकारी दिनुुभएको थियो ।

सभामुखले आजै सङ्घीय संसद्अन्तर्गतका दुुवै सदनका विद्युत् शाखा, साउन्ड, युट्युुब लगायतका शाखाले गरिरहेका कामको स्थलगत जानकारी लिनुुभयो । साथै संसद् परिसरको क्यान्टिनको अवलोकन गर्दै विषम परिस्थितिमा सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी सबै सुुझाव पालना गर्न सबैलाई निर्देशन दिनुुभएको थियो । अवलोकनका क्रममा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम पनि सँगै हुनुहुन्थ्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi