neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्याक्टरको ठक्करबाट मृत्यु, चालक पक्राउ

ट्याक्टरको ठक्करबाट मृत्यु, चालक पक्राउ

May 11th, 2020

मोरङ, बैशाख २९

कानेपोखरी गाउँपालिका-१ बस्ने १८ वर्षीय आयुष गिरी मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको अभियोगमा को.२ त १२२५ नम्बरको ट्याक्टरका चालक पथरीशनिश्चरे नगरपालिका-९ बस्ने ४६ वर्षीय बद्री बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका ७ दौलतपुरस्थित सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा बैशाख २५ गते बिहान आयुषकोशव फेला परेपछि तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी अनुसन्धानमा खटिएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा बैशाख २४ गते राति गिरी र उनका ९ जना साथीहरु स्थानीय होटलमा मादक पदार्थ सेवन गरी आपसी विवाद हुँदा एक्लै घर जान्छु भनि नहरको बाटो पदैल हुँदै घरतर्फ जाँदै गरेकोअवस्थामा निज बद्री बहादुर मगरले चलाएको को.२ त १२२५ नम्बरको ट्याक्टरले गिरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको खुल्न आएको छ । मृतक गिरीसँग मादक पदार्थ सेवन गर्ने ९ जनालाई समेत प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi