neapl investment mega bank
  • गृहपृष्ठ
  • एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने दुुई जना पक्राउ

एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने दुुई जना पक्राउ

May 11th, 2020

बारा, बैशाख २९

एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिश्रामपुर गाउँपालिका-२ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका-३ बस्ने २७ वर्षीय अनिल पटेल रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउन भैरहेको अवस्थामा उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाईआवश्यक अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएकोमा उक्त कार्यालयको आदेशले राजन पटेल ७ हजार रुपैयाँ र अनिल पटेल २८ हजार रुपैयाँ धरौटी राखि तारेखमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi