neapl investment mega bank
  • गृहपृष्ठ
  • चट्याङले आगलागी :विभिन्न धनमाल जलेर नष्ट

चट्याङले आगलागी :विभिन्न धनमाल जलेर नष्ट

May 10th, 2020

अर्घाखाँची, २८ वैशाख

सन्धिखर्क नगरपालिका-८ किमडाँडा बस्ने खिम बहादुर पाण्डेको गाई फारममा आइतबार बिहान चट्याङको कारण आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट गाई फारम, घाँस काट्ने मेशिन, पानी तान्ने मोटर, हाते ट्याक्टर र दाना लगायत जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi