काठमाडौं, २८ वैशाख
तारकेश्वर नगरपालिका-११ मनमैजुस्थित सडकमा गोरखा घर भएका ५० वर्षीय सानुराज गुरुङ आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, विदुर नगरपालिका-९ आँबुटारस्थित अधेरी खोलामा किस्पाङ गाउँपालिका-५ अर्चले घर भई हाल लिखु गाउँपालिका-१ ढिकुरे बस्ने २१ वर्षीय कृष्ण भट्ट भन्ने दयानिधी भट्ट आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड हल्लन चोकस्थित फेवातालमा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ४० वर्षीय राजु बास्तोला आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।