neapl investment mega bank neapl investment mega bank

कोहलपुरमा पहिलो पटक स्वाब संकलन शुरु

May 10th, 2020

कोहलपुर, २८ वैशाख (रासस)

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन शुरु गरिएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर ४ बेलनपुरमा मदरसा हिमालय गरीब नवाज प्राविमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन शुरु गरेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो । नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरु गरिएको र परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।