neapl investment mega bank
  • गृहपृष्ठ
  • पत्रकार पक्राउको घटनाबारे महासंघको ध्यानाकर्षण

पत्रकार पक्राउको घटनाबारे महासंघको ध्यानाकर्षण

May 10th, 2020

काठमाडौ, बैशाख २८

वीरगन्जस्थित नयाँपत्रिका दैनिकका सम्वाददाता एवं सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिज्ञप्ती जारी गर्दे वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनको प्रवेशद्वार नजिकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरेको निहुँमा आज दिउँसो २ः०० बजे प्रहरीले पत्रकार यादवलाई लछारपछार गर्दै एफएम स्टेशनकै प्रवेशद्वारबाट पक्राउ गरी प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको जनाएको छ ।

मोटरसाइकल पार्किङ गरेकै बहानामा स्वतन्त्र रुपमा काम गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघ ठान्दछ, बिज्ञप्तीमा भनिएको छ । महासंघ प्रहरी ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र पक्राउ परेका पत्रकारलाई अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi