neapl investment mega bank
  • गृहपृष्ठ
  • नियमविपरीत सञ्चालन गरेको भन्दै राइस मिलको गोदाम सिल

नियमविपरीत सञ्चालन गरेको भन्दै राइस मिलको गोदाम सिल

May 10th, 2020

लहान, २८ वैशाख (रासस)

गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर राइस मिल सञ्चालन गरेको भन्दै गोलबजार नगरपालिकास्थित शिवनाथ साहको राइस मिलको गोदाम सिल गरेको हो ।

राइस मिलले कुटानी पिसानीको स्वीकृति लिएर पिठो प्याकिङ गरी बिक्री गर्ने गरेको, प्याकिङमा मूुल्य उल्लेख नभएको, उत्पादन मिति र समाप्ती मिति उल्लेख नभएको पाइएपछि गोदाममा सिल गरिएको उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भरत अग्रवालले जानकारी दिनुभयो ।

यस्तै अनुगमन टोलीले गोलबजारमा सञ्चालित विभिन्न किराना पसलमा गरेको अनुगमनको क्रममा दररेटअनुसार सामान बिक्री वितरण नभएको, म्याद गुज्रेको सामान बिक्री वितरण भइरहेको, लकडाउनको पालना, नियमानुसार व्यवसाय सञ्चालन भइरहेको पाइएको अध्यक्ष अग्रवालले बताउनुभयो ।

त्यस्तो लापरवाही गर्ने व्यापारीलाई पहिलोपटकका लागि सचेत गराइएको र अबदेखि कमीकमजोरी पाइए कारवाही गर्ने उहाँको भनाइ थियो । लकडाउनको मौका छोपी व्यवसायी खुलेआम कालोबजारी गरिरहेको जनगुनासो बढेपछि अनुगमनलाई प्रभावकारी बनाउँदै त्यस्ता कालाबजारी गर्ने र अखाद्य वस्तु बिक्री वितरण गरी सोझासाझा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने जो–कोहीलाई पनि काडा कारवाही गर्ने गोलबजारका उपप्रमुख थापाले बताउनुभयो ।

लागुऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरी टोलीले शानिबार लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–७ फुलबरीया निवासी २९ वर्षीय फिरोज शेख र स्थानीय एक युवकलाई पक्राउ गरेको हो ।

सिरहाको कल्याणपुर नगरपालिका–४ महुलियाँबाट पक्राउ परेका दुवैको साथबाट लागुऔषध कोरेक्स ४३ थान बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi