neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतद्वारा नेपाली भूमि अतिक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

भारतद्वारा नेपाली भूमि अतिक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

May 10th, 2020

काठमाडौ, बैशाख २८

भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिज्ञप्ती जारी गर्दे दुई देशबीच सहमति र सन्धी भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजर अन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य भएको बताएको छ । भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ । महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi