neapl investment mega bank
  • गृहपृष्ठ
  • रक्षामन्त्री पोखरेलद्धारा कोरोना नियन्त्रणको लागि भएका कामका बारेमा जानकारी

रक्षामन्त्री पोखरेलद्धारा कोरोना नियन्त्रणको लागि भएका कामका बारेमा जानकारी

May 9th, 2020

काठमाडौ, बैशाख २७

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाईरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि काठमाण्डौं, छाउनीमा स्थापना गरिएको कोभिड १९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसीमा भ्रमण गर्नु भई हालसम्म भए-गरेका काम कारवाहीहरुको वारेमा जानकारी लिएकाछन ।

उक्त भ्रमणको क्रममा माननीय उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई कोरोना भाईरस (कोभिड १९) को विश्वव्यापी महामारी र नेपालको हालको अवस्था, सो को रोकथाम, नियन्त्रण र उपचारको ब्यवस्था सम्बन्धमा भएरगरेका काम कारवाहीहरु लगायत सिसिएमसी ओपिएस अन्तरगत रहेका ४ वटै कार्य समूहबाट भएका अन्य मुख्य मुख्य कार्यहरु, भावी रणनीति तथा कार्यनीतिको सम्बन्धमा प्रस्तुतीकरण मार्फत जानकारी गराईएको थियो । प्रस्तुतीकरण पश्चात रक्षामन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबैले मेहनत साथ योगदान पुर्याउन निर्देशन दिएकाछन ।

सोही कार्यक्रममा रक्षामन्त्री पोखरेलले सिसिएमसी ओपिएसको संयोजन र समन्वयमा बिकाश गरिएको कोभिड १९ मोवाईल एपको डाउनलोड गरी विधिवत शुरुवात गरेकाछन । संभावित बिरामीहरुको पहिचान गरी समयमा नै दूरस्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले एपको बिकास गरी आजबाट प्रयोगमा ल्याईएको हो । यस एपलाई जो कसैले पनि आफ्नो आफ्नो मोवाईलमा गरी प्रयोग गर्न सक्ने गरी तयार गरिएको छ ।