neapl investment mega bank
  • गृहपृष्ठ
  • ६३ वर्षीया एक महिलाको पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

६३ वर्षीया एक महिलाको पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

May 9th, 2020

चितवन, २७ वैशाख (रासस)

भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

यही वैशाख ३ गते ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उहाँ र उहाँका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा उहाँ र उहाँका २७ वर्षीय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।

उहाँसँगै कोरोना पोजेटिभ देखिएका छोराको पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि उहाँलाई अस्पतालले घर पठाएको छ । उहाँहरु गत चैत ३ गते बेलायतबाट हङ्कङहुँदै चैत ५ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए । यस्तै वैशाख २६ गते र आजका गरी ४६ नमूनाको अहिले भरतपुर कोभिड– १९ प्रयोगशालामा परीक्षण भइरहेको छ ।