neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १०२ पुग्यो

May 8th, 2020

काठमाडौँ, २६ वैशाख

नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १ जना १६ वर्षका पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।  

यस सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३० जना घर फर्किसकेका छन् ।