काठमाडौ, बैशाख २६
अबदेखि बैक तथा फाईनान्स कम्पनीहरुले कुुल कर्मचारी संख्याको एक तिहाई मात्र कर्मचारी मात्र राखेर बित्तीय सेवा उपलब्ध गराउनुु पर्ने भएको छ । राष्ट बैकले कोराना भाईरस (कोभिड १९) को संभावित संक्रमण रोक्न बैंक तथा बित्तीय संस्थाहरुलाई एक तिहाई मात्र कर्मचारीहरु राखेर सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । सरकारको यही बैशाख २४ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुुसार कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि हालको अवस्थामा एक तिहाई मात्र कर्मचारीहरु राखेर सेवा उपलब्ध गराउन पाउने व्यवस्था गरेको थियो ।
सोही व्यवस्था अनुसार राष्ट बैकले आज शुुक्रबार बाँणिज्य बैक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुबित्त बित्तीय संस्थाहरु समेतको नाउँमा परिपत्र जारी गर्दे सोही अनुरुपको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसरी सेवा प्रवाह गर्दा कुुल सवारी साधनको एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने व्यवस्था गर्नुुपर्ने छ । यसको लागि सेवा उपलब्ध गराउँदा कर्मचारीमा हुुन सक्ने संक्रमण तथा संस्थाको बिजनेश कम्युनिटीलाई मध्यनजर गर्दे यथासम्भव एक तिहाई कर्मचारीहरुबाट सेवा सुचारु गर्नुुपर्ने, रिमोट एक्सीस, वर्क फर्म होम, सिफ्ट वाईज वर्क आदिको व्यवस्था गर्नुुपर्ने छ । यसैगरी बैकिड सेवा प्रवाहमा प्रत्यक्षरुपमा सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ सुरक्षा तथा संक्रमणको संम्भावनलाई न्युनीकरण गर्नको लागि आवस्यक सुरक्षाका न्युनतम उपायहरु स्यानिटाईजर, मास्क, डिसईन्सीफिकेन्ट, थर्मल स्कयानिड र ह्याण्ड ग्लोभ्सको अनिवार्य प्रयोग गर्नुुपर्ने छ । साथै सेवाग्राहीको भिडभाड नहुुने सुनिश्चिता प्रदान गर्ने , बिद्युतीय माध्यमबाट हुुने कारोवारलाई थप प्रोत्साहित गर्ने व्यवस्था गर्नुुपर्ने छ ।
बैकिड सेवा सुचारु गर्न आवस्यक सवारी साधनको हकमा सम्वन्धीत संस्थामा रहेको सवारी साधनको बढीमा २५ प्रतिसत सवारी साधन बैकको प्रधान कार्यालयले सवारी नम्वर, सवारी उपयोग गर्र्नेको नाम जानुु आउनुु पर्ने स्थान तथा समय समेत तोकेर पत्र उपलब्ध गराउनुु पर्ने व्यवस्था गरेको छ ।