neapl investment mega bank

लकडाउन पालनामा स्काउटरहरु सक्रिय

May 8th, 2020

भक्तपुर, बैशाख २६

लकडाउन पालना गराउन नेपाल स्काउट भक्तपुरका स्काउट लिडरहरु सक्रिय भएर खटिरहेका छन् । भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमिका तीन वटै नगरपालिकाका ठाउँंठाउँंमा उनीहरु परिचालित भएका छन् ।

नेपाल स्काउट भक्तपुर जिल्लाका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले स्काउट लिडरहरु विहान र बेलुकी दुई समयमा ठाउँंठाउँंमा खटिन्छन् । सम्वन्धित नगरपालिकाहरुसँंग समन्वय गरी स्काउट लिडरहरु लकडाउन परिपालना गराउन खटिने गरेका जिल्ला आयुक्त कर्माचार्यले जनाए ।

भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिकामा स्थानीय स्काउट लिडरहरु परिचालित छन् । यसका साथै उनीहरु विभिन्न अन्य स्वयमसेवामा पनि परिचालित छन् ।
भक्तपुर नगरपालिकामा नगरपालिकाभरि, सूयविनायक नगरपालिकामा नगरपालिकाको केन्द्रको रुपमा रहेको सूर्यविनायक र पाण्डुबजार, मध्यपुर थिमि नगरपालिकामा थिमि बजार, गठाघरलगायतका मुख्यमुख्य चोक बजारहरुमा खटिएर उनीहरुले सेवा दिइरहेका छन् । विशेष गरेर विना काम सडकमा निस्केका नगरबासीहरुलाई सम्झाईबुझाई गरी विना काम बाहिर ननिस्कन उनीहरुले अनुरोध गर्ने गरेका छन् ।

भक्तपुरमा चार वटा नगरपालिकाहरु छन् । भक्तपुर, सूर्य्विनायक, मध्यपुर थिमि र चाँंगुनारायण गरी यहाँं चार वटा नगरपालिकाहरु छन् । ती नगरपालिकाहरुका मुख्यमुख्य बजार, चोकहरुमा नगरपालिकाहरुले पनि स्वयमसेवकहरु परिचालन गरी लडकडाउनलाई पूर्ण रुपमा परिपालना गर्न आह्वान गरिरहेका छन् । माइकिंगसहित तिनीहरुले लकडाउन परिपालना गरी आफू पनि बचौ, अरुलाई पनि बचौं, कोरोना भाइरसको संक्रमणबा बचौ भनेर अनुरोध गरिआएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi