neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्व शान्तिको कामना गर्दै प्रमद्वारा दीप प्रज्ज्वलन

विश्व शान्तिको कामना गर्दै प्रमद्वारा दीप प्रज्ज्वलन

May 7th, 2020

काठमाडौँ, २५ वैशाख (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गर्नुभएको छ । देशभर आज साँझ ७ः०० बजे नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi