काठमाडौँ, २५ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।
मन्त्रालयलका अनुसार कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
यस सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १०१ पुगेको छ भने सङ्क्रमणबाट निको भइ २२ जना घर फर्किसकेका छन् ।