neapl investment mega bank

चट्याङ लागेर मृत्यु

May 7th, 2020

काठमाडौं, २५ वैशाख

रोल्पा, लुंग्री गाउँपालिका-२ सिर्प बस्ने ४० वर्षीय चित्र बहादुर पुन र सोही ठाउँ बस्ने ६३ वर्षीय भिम बहादुर बिकको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चट्याङ पर्दा नजिकै रहेका उनीहरुलाई समेत चट्याङ लाग्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पर्सा, जगरनाथापुर गाउँपालिका-१ बस्ने राजु साहको ७ वर्षीया छोरी उषा कुमारी साहको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । घरमै खेलिरहेको अवस्थामा पानीसँगै आएको चट्याङमा परी उनको मृत्यु भएको बताइएको छ ।

दोलखा, मेलुङ गाउँपालिका-५ पाखेडाँडा बस्ने रामेछाप घर भएकी ३९ वर्षीया सीता श्रेष्ठको बुधबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ । सोही गाउँपालिका-५ डाँडाखर्क बस्ने दाजु नाता पर्ने पदम बहादुर श्रेष्ठको घरमा भेटघाट गरी फर्कने क्रममा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङमा परी घाइते भएका मृतकका दाजु नाता पर्ने ४५ वर्षीय मोतिबहादुर श्रेष्ठलाई उपचारको लागि स्वास्थ्य चौकी डाँडाखर्क लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य एवं अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi