neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • आज थप १७ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा दुई महिने शिशु पनि

आज थप १७ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा दुई महिने शिशु पनि

May 6th, 2020

काठमाडौं, २४ वैशाख

कोरोना संक्रमितको संख्या थपिएको छ । आज थप १७ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिएका छन् ।