neapl investment mega bank
  • गृहपृष्ठ
  • अफगानिस्तानको सरकारद्वारा थप १०२ तालिवानी कैदीलाई जेलमुक्त

अफगानिस्तानको सरकारद्वारा थप १०२ तालिवानी कैदीलाई जेलमुक्त

May 6th, 2020

काबुल, २४ वैशाख (रासस/एएनआई)

अफगानी सुरक्षा परिषद्ले १०० भन्दा बढी तालिबानी बन्दीहरूको रिहाइको पुष्टि गरेको छ ।

अफगानिस्तानको सरकारले यस वर्ष फेब्रुअरीमा अमेरिका र तालिबान समूहबीच शान्ति सम्झौतामा कैदीबन्दीलाई रिहाई गर्ने सहमति अनुरुप १०२ थप तालिवान कैदीहरूलाई रिहा गरेको हो ।

“राष्ट्रपति असरफ घानीको निर्देशनको आधारमा सरकारले तालिवानी नेता तथा लडाकूहरूलाई सोमबार रिहा गरिएको हो,” मङ्गलबार अफगानी सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“सहमति अनुसार अहिलेसम्म ८५० तालीवानी नेता तथा लडाकस्लाई रिहा गरिसकिएको र अन्य ६५० जनालाई प्रक्रिया पु¥याएर क्रमशः रिहा गरिनेछ,” सुरक्षा परिषद्का प्रवक्ता जाविद फैसलद्वारा हस्ताक्षर गरिएको ”ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनिएको छ ।

तालिवान कैदीहरूलाई उनीहरूको उमेर, स्वास्थ्य र बाँकी सजायको आधारमा रिहा गरिने र उक्त कदम शान्तिका लागि अमेरिका र तालिवानबीच भएको प्रतिवद्धता र जेलमा रहेका कैदीलाई कोभिड–१९ जोखिमबाट कम गर्ने नीति अनुरूप भएको जाविद फैसलले दुई दिन पहिले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभएको थियो ।

यस वर्षको फेब्रुअरीमा तालिवान र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा पुगेपछि अन्तर–अफगानी वार्ताको बन्दी र आदानप्रदान सम्भव भएको हो । यद्यपि यस अवस्थामा अफगानिस्तानको चुनावी झगडा र बन्दीहरूको रिहाइको विषयमा आपसी असहमतिका कारण वार्ता ढिला भएको छ ।

तालिवानी समूहले अफगानिस्तानको सरकारले शान्ति सम्झौताको आधारमा पाँच हजार कैदीहरूलाई रिहा गर्न माग गरिरहेको छ तर अफगानिस्तान सरकारले बिस्तारै आन्दोलनका एक हजार ५००सदस्यलाई रिहा गर्न सहमत भएको र क्रमशः उनीहरूको रिहाई भइरहेको छ ।