neapl investment mega bank
  • गृहपृष्ठ
  • रड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

रड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

May 5th, 2020

मोरङ, २३ वैशाख

आफ्नै भिनाजु नाता पर्नेलाई रड प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने २९ वर्षीय मनु लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा मनुले आफ्नै भिनाजु नाता पर्ने ४० वर्षीय पुरुषलाई फलामको रड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।