काठमाडौँ, २३ वैशाख
बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।
मन्त्रालयले नेपालगञ्ज ८ निवासी २२,३०,४० वर्षका पुरुषहरु र ०९,३२,३४,५५ वर्षीय महिलाहरुमा कोरोना संक्रमण पुष्टि गरेको छ। निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
यस सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन्।