neapl investment mega bank

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

May 4th, 2020

काठमाडौं, २२ वैशाख

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ सेमरहवामा लु.४ प ६७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक यशोधरा गाउँपालिका-३ बसन्तपुर बस्ने ३४ वर्षीय राकेश मिश्रको मृत्यु भऐको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, खैरहनी नगरपालिका-८ चैनपुर चोकस्थित सडकमा ग.१ क २१९६ नम्बरको ट्रकले ना.२७ प ५८१८ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ६४ वर्षीय कुलानन्द भण्डारीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बधमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi