neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभावन जे का लोक दोहोरी गित पापी दाई बजारमा

प्रभावन जे का लोक दोहोरी गित पापी दाई बजारमा

May 4th, 2020

काठमाडौ, बैशाख २२

डि ए आर मुभिज एंड फिल्म्स् इ प्रा लि ले प्रभावन जे को पन्चे बाजा लोक दोहोरि गित पापी दाइ बजारमा लेराएको छ ।

निरन्तर रुपमा सांगीतिक क्षेत्र मा लागि परेका प्रभावन जे ले समय अनुसार सांगीतिक प्रस्तुतिहरु लेराउदै आएकाछन् पछिल्लो केहि समयदेखि सामाजिक चेतनामुलक गित तथा भिडियो हरु मा जोड दिदै आएका प्रभावन ले दिदि बैनी लाइ घर बाट बिदा बिबाह गरि (अन्मायर) पठाउदा को पारिबारिक स्थिति बिसेष गरी दाजु बैनी को भावना लाइ समेटेर गित पापी दाइ लेरायेकाछन् । सो गित मा चर्चित गायिका गीतादेवी ले स्वर मा साथ दिएकि छिन भने धनपति दाहाल ले सब्द संकलन मा साथ दिएका छन् लय संकलन प्रभावन स्वयमको रहेको गित को एरेन्ज भुवन प्रकाश बडूले गरेकाछन् । गित को भिडियो मा जीवन गौतम, पुजा पाठ्क र नारायण दंगालको अभिनय रहेको छ भने क्यामेरामा कैद जयन्द्र कुवर सम्पादन बिबेक सुनार गरेका छन् ।

लक डाउन खुले लगत्तै “सपनी २“ र “माछी भुल्यो लेउ मा बरि लै“ को तयारि मा रहेको डि. ए. आर. मुभिज एंड फिल्म्स ई प्रा लि क संचालक सदस्य राजाराम गौतम ले बताएका छन् ।