neapl investment mega bank
  • गृहपृष्ठ
  • अगरबत्ती लोड रहेको ट्रक सहित चालक पक्राउ

अगरबत्ती लोड रहेको ट्रक सहित चालक पक्राउ

May 3rd, 2020

पर्सा, बैशाख २१

अगरबत्ती लोड रहेको ना.२ ख ९०१५ नम्बरको ट्रक सहित चालक रौतहट बृन्दावन नगरपालिका-१ बस्ने सिताराम पटेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका २१ स्थित परवानीपुरबाट जितपुरतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्दा बिल बिजक समेत नभएकोचम्पा अगरबत्ती ४ सय ८० कार्टुन सहित पटेललाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीलेपक्राउ गरेको हो ।

ट्रक सहित पटेललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi