neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाविरूद्धको लडाइँ जित्न चिकित्सक, नर्स स्वास्थ्यकर्मीको मनोबल बढाऔँः मन्त्री ढकाल

कोरोनाविरूद्धको लडाइँ जित्न चिकित्सक, नर्स स्वास्थ्यकर्मीको मनोबल बढाऔँः मन्त्री ढकाल

May 3rd, 2020

काठमाडौ, बैशाख २१

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उहाँहरूको मनोबल उच्च बनाउनुपर्ने बताएकाछन । आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले दिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको बताए ।

उनले सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट रोक्न सहयोग पुग्ने बताए । उनले स्वास्थ्य सामग्री सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागि आभार प्रकट गरे । मन्त्री ढकालले प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमा बितरण गरिरहेका भैरहेको भन्दै कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिन सक्ने बताए ।

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इन्फ्रारेड थर्मो्मिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराउँदै थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले जानकारी दिए ।