neapl investment mega bank
  • गृहपृष्ठ
  • बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ

May 3rd, 2020

धनुषा, २१ वैशाख

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ स्थित आनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय राम प्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्ट सहित साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi