काठमाडौँ, २१ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार आज १० जनामा संक्रमाण पुष्टि भएको हो ।
पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालगञ्जमा ९ जना र पर्साका एक जना ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालगन्जमा भेटिएकाहरु ५ जना महिला र ४ जना पुरुष रहेका छन् । हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् ।