काठमाडौ, बैशाख २१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र सुढृद राख्न नेपाली प्रेस जगत भ्रष्टाचार र अराजकताको विरुद्धमा खरो उत्रने परम्परा कायम रहनु पर्ने बताएका छन् । ‘सरकारी कमजोरी, अराजकता तथा भ्रष्टाचारको विरुद्ध उत्रने शक्तिको रुपमा नेपाली प्रेस आज देखा परेको छ । यो परम्परा नेपाली प्रेसले कायम गर्न सकोस्,’ अध्यक्ष लोहनीले आइतबार भने ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘निष्पक्षता र यथार्थताको मापदण्ड भित्र रहेर नेपाली जनताको कथा, व्यथा, पिडा र उपलब्धिलाई सधै उजागर गर्न सकोस् भनी विश्व प्रेस दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु ।’
प्रजातन्त्रमा आस्था र विश्वास राख्ने सबैको लागि विश्व प्रेस स्वतन्त्रता दिवस महत्वपूर्ण रहेको भन्दै लोहनीले भने, ‘स्वतन्त्र प्रेसलाई साधारणतय सत्तामा बस्नेले रुचाउदैनन् । तर सत्ता र जनता बीचको सम्बन्ध बिग्रन नदिन, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन प्रेसको स्वतन्त्रता अपरिहार्य हुन आउँछ ।