neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्जिनियरिङ कलेजद्धारा आफना विद्यार्थीलाई राहत वितरण

नेपाल इन्जिनियरिङ कलेजद्धारा आफना विद्यार्थीलाई राहत वितरण

May 3rd, 2020

भक्तपुर, वैशाख २१

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले आफना विद्यार्थीलाई राहत वितरण गरेको छ । लकडाउनसँंगै समस्यामा परेका कलेज आसपासको चाँंगुनारायण नगरपालिका वडा नं १, २, ३ र ४ वडाहरुमा डेरा गरी वस्ने ५५ जना विद्यार्थीलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको कलेजले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरीप्रशाशन, कलेज सञ्चालक समितिका पदाधिकारीहरुको संयुक्त पहलबाट ५५ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्नातक तहको इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्य सामाग्री राहतस्वरुप हस्तान्तरण गरेको उनले जानकारी गराए ।

कलेजका अनुसार प्रति विद्यार्थी साढे १२ किलोग्राम चामल, दुई थरीको दाल एकएक किलोग्राम, एक धार्नी आलु, एक प्याकेत नुन, एक लिटर तेल र एक प्याकेट गरम मशला वितरण गरिएको हो । विद्यार्थीहरुको डेराडेरामा गई राहत सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi