neapl investment mega bank
  • गृहपृष्ठ
  • सभामुख सापकोटाद्वारा सञ्चारकर्मीप्रति उच्च सम्मान

सभामुख सापकोटाद्वारा सञ्चारकर्मीप्रति उच्च सम्मान

May 3rd, 2020

काठमाडौँ, २१ वैशाख (रासस)

सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर खटिरहेका सञ्चारकर्मीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विषम अवस्थामा पनि निरन्तर सूचना सङ्कलन गरी सचेतना जगाउने र राज्यका सबै अङ्गलाई झक्झकाइरहने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन अर्पण गरेका सञ्चारकर्मीप्रति सभामुख सापकोटाले हार्दिक श्रद्धासुमन प्रकट गर्नुभएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

सभामुख सापकोटाले प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको दर्पण भएको उल्लेख गर्दै पत्रकारिता सचेत समाज निर्माणका लागि आवश्यक उच्चतम अभ्यास भएको बताउनुभएको छ । प्रेसकोे मूलकर्म आमजनतालाई सुसूचित गराउने, उत्प्रेरित गर्ने र जनमत सिर्जना गर्ने भएको तथ्य पेश गर्दै सभामुख सापकोटाले भन्नुभएको छ, “विषम र विशेष परिस्थितिमा प्रेसको महत्व झनै बढ्ने गर्छ ।

विश्वव्यापी महामारीको हालको अवस्थामा जीवनलाई जोखिममा राखेर आफ्नो कर्ममा लागिरहनुुहुने सञ्चारकर्मीमा यो दिवसले थप ऊर्जा र हौसला मिल्ने विश्वास लिएको छु ।” उहाँले समतामूलक समाज निर्माण, सम्मानपूर्ण जीवन यापन एवं मानव जीवनको समृद्धिको पक्षमा सञ्चार जगत् सदैव उभिइरहने उत्प्रेरणा मिल्ने कामनासमेत गर्नुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi