neapl investment mega bank
  • गृहपृष्ठ
  • गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा दैनिक पूजा

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा दैनिक पूजा

May 3rd, 2020

भैरहवा, २१ वैशाख(रासस)

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक सन्ध्याकालीन दीप प्रज्वलन गरी पूजाआजा गर्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विश्वशान्तिको कामना गर्दै भिक्षुहरुले सिद्धार्थ गौतमकी माता मायादेवी मन्दिर तथा विहारमा दैनिक पूजाआजा र ध्यान गरिरहेको विकास कोषका कर्मचारी चन्द्र पाठकले जानकारी दिनुभयो । बन्दाबन्दीका समयमा बाहिरबाट भिक्षु तथा बुद्धधर्मका अनुयायी लुम्बिनी जान नपाए पनि लुम्बिनीमै बस्ने भिक्षुले दैनिक पूजा गर्ने व्यवस्था गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताउनुभयो ।

आन्तरिक र बाह्य गरी वार्षिक १२ देखि १५ लाखसम्म पर्यटक आउने लुम्बिनीमा बन्दाबन्दी शुरुभएसँगै पर्यटक आगमन शून्य छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi