neapl investment mega bank

‘विकासको गतिमा कमी आए पनि रोकिएको छैन’

May 2nd, 2020

हेटौँडा, २० वैशाख (रासस)

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ‘लकडाउन’का कारण विकासको गति कम भए पनि काम नरोकिएको बताउनुभएको छ । उहाँले सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्ने क्रममा कामको गतिमा २० देखि २५ प्रतिशतसम्म कमी भएको भए पनि सरकारले गति बढाउनेतर्फ योजना बनाइरहेको जानकारी दिनुभयो ।

उहाँले हेटौँडा–काठमाडौँ मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको काम आगामी जेठ १५ गतेदेखि शुरु हुने बताउनुभयो । आज रासससँग कुरा गर्दै मन्त्री फुयाँलले प्रदेशका विभिन्न स्थानमा विकासको काम भइरहेको बताउनुभयो । उहाँले हाल प्रदेशको काठमाडौँस्थित कागेश्वरी चक्रपथमा सडक कालोपत्र भइरहेको, काठमाडौँकै नयाँपाटीमा दुई पुल निर्माणको काम भइरहेको, दोलखा, सिन्धुली धादिङलगायतका प्रदेशका सबै जिल्लामा विकासका काम धमाधम भइरहेका जानकारी दिनुभयो । उहाँले सिन्धुपाल्चोकदेखि चितवन तथा रसुवादेखि सिन्धुलीसम्म सबैतिर काम भइरहेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi